ओखलढुंगा(रेडियो ओखलढुंगा) ओखलढुंगाको चम्पादेवीमा गाउँपालिका भिरबाट लडेर एक पुरुष घाईते भएको छ । गाउँपालिकाको वडा नम्बर ३ बस्ने ५९ वर्षको बम बहादुर तामाङ गाउँबाट घर फर्कने क्रममा जोखे गैरा भिरबाट लडेर घाईते भएको हो । घाईते तामाङको टाउको, ढाड र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । हाल घाईते तामाङको काठमाण्डौको गोकर्ण स्थित रहेको नेपाल मेडीकल कलेजमा उपचार भईरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।
तामाङ (हिजो)आईतबार रातको ९ बजेको समयमा भिरबाट अन्दाजी ३० फिट तल लडि घाईते भएको थियो । घाईतेको अवस्था सामान्य रहेको जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी ताप्केडाँडा बाट प्रहरी सहायक निरीक्षक समेतको प्रहरी टोली खटी गई घटना सम्बन्धमा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section