ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

खिजीदेम्बा ४ खिजीकातिमा चट्याङ लागेर एक हल गोरुको मृत्यु :४० हजार बराबरको क्षति

  • प्रकाशित मिति: १८-भाद्र-२०८० २:३३
  • रेडियो ओखलढुंगा
खिजीदेम्बा ४ खिजीकातिमा चट्याङ लागेर एक हल गोरुको मृत्यु :४० हजार बराबरको क्षति


ओखलढुंगा (रेडियो ओखलढुंगा)
खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एक हल गोरुको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ४ खिजीकातिका फुलमान तामांङको एक हल गोरुको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङले पशु चौपायामा क्षति हुँदा ४० हजार बराबरको क्षति भएको , मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । (हिजो) आईतवार बेलुका पानी सङ्गै परेको चट्याङले घर नजिकै रहेको आफ्नै बारीमा बनाएको गोठको चौपायामा क्षति पुगेको हो ।
(आज) सोमवार प्रहरी चौकी रावादोलुमा खबर प्राप्त हुन साथ विस्तृत जानकारीका लागि प्रहरी चौकी रावादोलुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटि गई आवश्यक मुचुल्का समेतको कार्य भईरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।


Shyaron MD sherpa

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top