ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कुटपिटबाट गम्भिर घाईते वृद्धको उपचारको क्रममा मृत्यु

  • प्रकाशित मिति: २०-भाद्र-२०८० २:०९
  • रेडियो ओखलढुंगा
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कुटपिटबाट गम्भिर घाईते वृद्धको उपचारको क्रममा मृत्यु


ओखलढुंगा(रेडियो ओखलढुंगा
) ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कुटपिटबाट गम्भीर घाईते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ माझगाउँका ८३ वर्षीय सोम बहादुर अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । आज बिहान करिब ९ बजेको समयमा सोहि ठाउँका ८३ वर्षीय तिलक बहादुर कटुवालले मृतक सोम बहादुरलाई दुध लिएर घर तर्फ फर्कने क्रममा घर पछाडिबाट धकेल्दा लडि गम्भीर घाईते भएको थियो । गम्भीर घाईते सोम बहादुरको जिल्ला अस्पताल रुम्जाटारमा बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । कुटपिट गर्ने तिलक बहादुर कटुवाल लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जना प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top