ओखलढुंगा (रेडयो ओखलढुंगा) ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ मा बस र मोटरसाईकल एक आपसमा ठोकिँदा २ जना घाईते भएको छ ।
सिद्धिचरण राजमार्ग अन्तर्गत वडा नं ११ भुसुनेमा बस र मोटरसाईकल ठोकिँदा मोटरसाईकलमा सवार दुई जना घाईते भएको हो । काठमाडौंबाट ओखलढुंगा तर्फ आउँदै गरेको ना ५ ख ४८२७ नम्बरको बस र विपरित दिसाबाट जाँदै गरेको प्रदेश ०२ —०११ प ६५९० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा मोटर साईकल चालक सोलुखुम्बुको लिखुपिके गाउँपालिका ३ का २८ बर्षीय मिलन बस्नेत र मोटरसाईकलमा पछाडि सवार बबिना बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगा प्रहरी निरीक्षक विकास राईले जनाकारी दिनुभयो । घाईते दुवैको खुट्टामा चोट लागको छ । घाईतेहरुको ओखलढुंगा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक राईले बताउनुभयो । बस चालक, बस र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section