ओखलढुंगा(रेडियो ओखलढुंगा) २० औँ निजामती सेवा दिवसका अवसरमा ओखलढुंगामा ४ जना निजामती कर्मचारी सम्मानित भएका छन् । जिल्लामा कार्यरत ४ जना निजामती कर्मचारी सम्मानित भएको हो । सम्मानित हुनेमा मालपोत कार्यलय ओखलढुंगामा कार्यरत खरिदार होम बहादुर थापा मगर, कोष तथा लेखा नियन्त्रण कार्यालय लेखापाल जिवन घिमिरे, तलुवा स्वास्थ्य चौकीका सिनियर अनमी राज कमल राई र जिल्ला समन्वय समितिका कार्यलय सहयोगी रामकुमार आले मगर रहेका छन् ।
सेवा प्रवाहमा पु¥याएको योगदानको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । आज शुक्रबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । यसैबिच स्थानिय तहहरुले भने प्रस्तावित सघिंय निजामती सेवा ऐनमा स्थानिय तह कर्मचारीको हकहित स्थापित गर्न जोडदार माग राख्दै हातमा कालो पट्टि बानेर सांकेतिक विरोध स्वरुप संघ प्रदेश र स्थानिय तहमा काम गर्ने हरुमा विभेदरहित ऐन कानुन निर्माण गरिनु पर्ने लगायतको ११ बुँदे माग सहित सिद्धिचरण नगरपालिकाका, सुनकोशी गाउँपालिका लगायतका स्थानिउ तहका कर्मचारीहरुले संयुक्तरुपमा विज्ञप्ति निकालि प्रमुख प्रशासकिय अधिकृत समक्ष बुझाइएको जनाइएको छ ।
२० औँ निजामती सेवा दिवसको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ रहेको छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने गरिन्छ । अहिले देशैभर झण्डै ८३ हजार निजामती कर्मचारी कार्यरत रहेका छन ।
कमेन्ट गर्नुहोस
Comment Section