ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

सेप्टेम्बर १० मा शेर्पा संघ मलेसिया गठन हुँदै

  • प्रकाशित मिति: २३-भाद्र-२०८० २:५०
  • रेडियो ओखलढुंगा
सेप्टेम्बर १० मा शेर्पा संघ मलेसिया गठन हुँदै

काठमाडौं (रेडियो ओखलढुंगा) मलेसियामा शेर्पा संघ गठन हुने भएको छ । मलेसियामा बसोबास गर्ने शेर्पाहरुको हक हित र हधिकारको लागि शेर्पा संघ गठन गर्न लागेको हो ।
शेर्पा संघ मलेसियाले मलेसियामा बसोबास गर्ने शेर्पाहरको हक,हित र अधिकारको लागि लड्न साथै शेर्पाहरुलाई मलेसिया राजनीतिको मुलधारमा समाहित गराउने महत्वपुर्ण कार्य गरिने उद्धेश्यले मलेसियामा शेर्पा संघ मलेसिया गठन गर्न लागिएको हो ।
प्रवासमा रहेर शेर्पा जातिको भाषा संस्कार संस्कृतिको निरन्तर विकास, आम नेपाली र शेर्पा समुदायको वृहत्तरहित तथा उन्नतिका खातिर निरन्तर कृयाशिल हुने शेर्पा संघ मलेसियाका तदर्थ समितिका संयोजक ङवाङ नुरी शेर्पाले बताए ।
सेम्टेम्बर १० मा (आइतबार) हुने समिति गठन कार्यक्रमको सबै तयारी पुरा भएको संयोजक शेर्पाले बताए । उक्त कार्यक्रममा १०० जना भन्दा बढी शेर्पाहरुको उपस्थिति हुने जनाएकोे छ । कार्यक्रम मलेसियाको के एल नर्ना हल कोतारायमा हुने छ ।


Dawa janbu sherpa

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top