ओखलढुंगा (रेडियो ओखलढुंगा) सिद्धिचरणमा नगर क्षेत्र भित्र मानसिक रोगिहरुलाई प्रयाप्त औषधिका लागि बजेट छुट्याउन स्वास्थ्य शाखाले पहल गर्ने भएको छ । आईतवार (आज) विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित समन्वयात्मक तथा अन्तक्रिया कार्यक्रममा मानसिक स्वास्थ्यको औषधि प्रयाप्त पुगेको प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या कम भएको पाइएकोले मानसिक रोगीहरुले आवश्यकता अनुसार औषधि पाएन भने आत्महत्या गर्न सक्ने भएकाले सिद्धिचरण नगरपालिकामा पनि नगर भित्रका मानसिक रोगिहरुलाई पर्याप्त औषधि पुग्ने गरि बजेट छुट्याउनु पर्ने देखिएकोले नगर स्वास्थ्य शाखाले यसको लागि पहल गर्ने निर्णय गरेको हो । सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखा , ओखलढुंगा सामुदायिक अस्पताल र मानसिक स्वास्थ तथा परामर्श केन्द्र ( सि एम सि ) को समन्वयमा सन्चालित “आशा जगाऔ, जीवन बचाऔ”भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित समन्वयात्मक तथा अन्तक्रिया कार्यक्रममा यस्तो निर्णय गरेको हो । आत्माहत्या तथा मानसिक स्वास्थ्य समस्याको बारेमा ओखलढुंगा सामुदायिक अस्पताल का मानसिक स्वास्थ्य विभाग प्रमुख अम्विका पुलामी मगरले (पावर पोईन्ट तयार गरि) प्रस्तुत गर्नुभएको थियो । कोशी प्रदेशमा आर्थिक वर्षमा २०७९÷०८० मा मात्रै ६ हजार ९ सय ९३ जनाको आत्माहत्याका कारण ज्यान गुमाएका छन् । नेपालमा सबै भन्दा बढि कोशी प्रदेशमा आत्माहत्याको घटना भएको नेपाल प्रहरीको तथ्याङमा उल्लेख छ । यस्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याङ अनुसार जिल्लामा गत आर्थिक बर्ष २०७७÷०७८ मा ६१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७८÷०७९ मा ५७ जनाले, २०७९÷०८० मा ५१ जनाले आत्माहत्या गरेको तथ्याङमा उल्लेख गरिएको छ । जिल्लामा गत आर्थिक बर्षहरुको तुलनामा आत्माहत्याको संख्या न्युनिकरण हुदै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङमा उल्लेख गरिएका छ ।
प्रस्तुतीकरणमा आएको आत्महत्या गर्ने व्यक्तिको तथ्यांकमा छलफल गर्दा आत्महत्या न्यूनीकरण सम्बन्धि जनचेतना जगाउनलाई विद्यालयमा स्वास्थ शिक्षा कार्यक्रम सञ्चालन गर्नु पर्ने , सार्वजनिक ठाउँहरुमा जनचेतनामुलक होर्डिङ बोर्ड राख्नु पर्ने कार्यक्रमका अध्यक्ष तथा सिद्धिचरण नगरपालिकाका नगर उपप्रमुख केदार बाबु बस्नेतले बताए ।
दिवसको अवसरमा बोल्दै कृषि तथा पशुमा प्रयोग गरिने विषादी तथा औषधिहरु बिक्री वितरण गर्दा यसको असरबारे किसानलाई बुझाएर मात्रै बिक्री वितरण गर्नु पर्ने र विक्रेताले बिक्री गर्न अनिवार्य अनुमती पत्र लिनु पर्ने कृषी ज्ञान केन्द्र ओखलढुंगाका वागवाणी विकास अधिकृत टिकाराम बानियाँले बताए । नगरपालिका भित्र रहेका एग्रोभेट व्यवसायीका अनुसार कतिपय व्यापारीहरुले किराना, हार्डवेयर लगायतका पसलहरुमा समेत एग्रोभेट सम्बन्धिका औषधि तथा विषादी बेच्ने गरेको पाईएकोले त्यसलाई व्यवस्थित गर्नु पर्ने र त्यसको लागि सबै सरोकारवाला , कार्यलय , संघ सस्थाहरुको समन्वय गरि अनुगमन गर्ने निर्णय गरेको छ ।
नगर उप प्रमुख बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख, कृषि ज्ञानकेन्द्र ओखलढुंगाका प्रमुख ,वागवाणी विकास अधिकृत , नगरपालिकाका विषयगत शाखा प्रमुख ,प्रतिनिधी लगायत , सरोकारवालाहरूको उपस्थति रहेको थियो ।
हाल जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुरुप आत्माहत्या न्युनिकरण गराउन जिल्ला प्रहरी कार्यलयको मातहतमा जिल्ला भित्र जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् । आत्माहत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाईन ११६६ मा मनोसामाजिक परामर्शकर्ताबाट नि :शुल्क परामर्श सेवा लिन सकिन्छ ।
कमेन्ट गर्नुहोस
Comment Section