ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

जालो र बुहारी संस्थाले अस्पतालका बिरामीलाई दर

  • प्रकाशित मिति: २५-भाद्र-२०८० ३:०५
  • रेडियो ओखलढुंगा
जालो र बुहारी संस्थाले अस्पतालका बिरामीलाई दर


ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा उपचार भईरहेको बिरामीलाई तीजको अवसरमा दर खुवाईएको छ । सामुदायिक अस्पताल मिसनमा आईतबार महिला सुरक्षा जालो र मेची महाकाली बुहारी संयुक्त आवाज ओखलढुंगाले संयुक्त रुपमा दर खुवाएका हुन ।
अस्पतालका गर्भवी, सुत्केरी लगायत उपचारको क्रमका रहेका ७३ जना बिरामी र ड्यूटीमा रहेका स्वास्थ्यकर्मीलाई दर खुवाईएको सुरक्षा जालोका संयोजक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
नजिकिँदै गरेको तीजको अवसर पारि दुई संस्थाका सदस्यहरुबाट एक हजारको दरले रकम संकलन गरी बिरामीलाई दर खुवाएको हो । संस्थाकाका सदस्यहरुले विभिन्न समयमा समुाहिक रुपमा सहयोग गर्दै आएका छन । जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्की जि.स.स. सदस्य भिमकुमारी कटुवाल र दुवै संस्थाका सदस्यहरुको उपस्थितिमा दर वितरण गरेको हो


Rita Ghising

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top