ओखलढुंगा (रेडियो ओखलढुंगा)ओखलढुंगाको लिखु गाउँपालिका – ६ रातेडाँडामा एक वृद्ध मृत फेला परेको छ ।आफैंले बोकेको झोला पासो लागेर ६४ बर्षीय वृद्ध कुलबहादुर सुराली मगरको मृत्य भएको हो । शनिबार बेलुकी ७ बजे लिखु–६ मिलनचोकदेखि आलुसहितको झोला बोकेर घर फर्किएका मगर सोही दिनदेखि बेपत्ता भएको थियो ।
खोजी गर्ने क्रममा सोमबार उनको घरदेखि पाँच सय मिटर पश्चिम–उत्तर गोरेटोबाटोबाट एक मिटर तल मृत अवस्थामा भेटिएका हुन् ।
उनी लडेर रुखमा झोला अल्झिएको र घाँटीमा झोलाको पासो लागेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी घटनास्थल पुगी आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताउनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section