ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मोलुङको स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन : रोगको प्रकृति अनुसार औषधि वितरण

  • प्रकाशित मिति: २६-भाद्र-२०८० ३:०७
  • रेडियो ओखलढुंगा
मोलुङको स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन : रोगको प्रकृति अनुसार औषधि वितरण

ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मोलुङ गाउँपालिकाको प्राप्चा स्वास्थ्य चौकीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी ) नेपाल र मोलुङ गाउँपालिकाको संयुक्त आयोजनामा (आज) मंगलवार निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा २९ जनाले सेवा लिएका छन जसमा १४ जना महिला र १५ जना पुरुष रहेका छन् । वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा डा विद्या देव शर्माद्धारा शिविर सञ्चालन गरेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सि एम सी) नेपाल ओखलढुंगाका मनोपरामर्शकर्ता कोपिला बस्नेतले जानकारी दिनुभयो । शिविर २७ गते बुधबार स्वास्थ्य चौकी रामपुर, २८ गते विहीबार स्वास्थ्य चौकी शेर्ना र २९ गते शुक्रबार जिल्ला अस्पताल रुम्जाटारमा मानसिक स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिने सिएमसी नेपाल ओखलढुंगाले जनाएको छ । शिविरमा चिन्ता रोग, कडा खालको मानसिक रोग, उदासिनता , तनाव, तथा छारेरोग र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई चेकजाँच गरि रोगको प्रकृति अनुसार निशुल्क औषधि वितरण गरिनेछ । हिजो मानेभन्ज्याङका ६० जना मानसिक बिरामीको निःशुल्क उपचार गरिएको थियो । शिविरमा ६० जनालाई रोगको प्रकुति अनुसार निशुल्क औषधि वितरण गरिएको थियो । आज शिविरमा सिएमसीका मनोपरामर्शकर्ता कोपिला बस्नेत र जिल्ला अस्पताल अन्तरगतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का घटना व्यवस्थापक सजना राईले मनोपरामर्श सेवा समेत प्रदान गरेका थिए ।


Shyaron MD sherpa

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top