ओखलढुंगा (रेडियो ओखलढुंगा )राष्ट्रिय बाल दिवसको अवसरमा सिद्धिचरण नगरपालिकामा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सनराईज इंग्लिस स्कूल रुम्जाटरको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागि ५ विद्यालय मध्ये रुम्जाटार माध्यमिक विद्यालय प्रथम, आयोजक सनराईज द्धितीय र लाली गुराँग इंग्लिस स्कूल ओखलढुंगाले तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल भेषनाथ भट्टराईले जानकारी दिनुभयो ।
कक्षा ९ र १० का विद्यार्थीहरुवीच भएको प्रतिस्पर्धामा विभिन्न स्थान हासिल गर्नेहरुलाई प्रमाण पत्र र मेडलले पुरस्कृत गरिएको प्रशिक्षार्थी पत्रकार अर्चना राईले जानकारी दिनुभयो । प्रतियोगिताको अवसरमा विभिन्न जातजातिको संस्कृति, शिक्षा र सचेतनामुलक नाँचहरु समेत प्रस्तुत गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section