ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा

  • प्रकाशित मिति: ३१-भाद्र-२०८० १:२७
  • रेडियो ओखलढुंगा
खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिट खारेज हुनु खिजीदेम्बाकै जित भएको बताउनुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले अध्यक्ष शेर्पा विरुद्धको रिट खारेजपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रकृया पूरा नगरी अध्यक्ष शेर्पाले स्थानीय तह निर्वाचनमा भाग लिई अध्यक्षमा निर्वाचित भएको दाबी गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्रबहादुर वस्नेतले रिट दायर गर्नुभएको थियो । उच्च अदालत अस्थायी इजालसका न्यायधीशद्धय लेखनाथ पौड्याल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी कानून संम्मत रहेको भन्दै बस्नेतको रिट निवेदन खारेज गरेको हाे । आफू विरुद्धको रिट खारेज भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष शेर्पाले प्रचलित कानून, नेपाल आमाको सम्मान गर्नु आफ्नो कर्तव्य रहेको र गलत, अनुचित कदमबाट कुनैपनि लाभको पदमा पुग्ने दुरसाय नभएकाले सत्यको जित हुनु स्वभाविक रहेको बताउनुभयो । सम्मानित अदालतले समग्र खिजीदेम्बाबासीलाई नै न्याय दिलाएको अनुभूत भएको बताउनु हुँदै अध्यक्ष शेर्पाले कुनैपनि हालतमा आफूलाई असफल बनाउने र काम गर्न नदिने विपक्षीहरुको चालवाजी चकनाचुर भएको दाबी गर्नुभयो । जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउँदै काम गरिरहेको अवस्थामा लामो समयदेखि जनतामाथि शासन गरेका भ्रष्ट तत्वहरुले आफ्नो स्वच्छ अभियानलाई रोक्न अनेकन हर्कत अपनाउँदै झुट्ठो आरोपमा रिट दायर गरेको तर त्यो असफल भएको शेर्पाले बताउनुभयो । कानूनको अज्ञानताले कसैलाई छुट हुँदैन भन्ने आफूलाई जानकारी भएरै वेलैमा सबै प्रक्रिया पूरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति गरेको उल्लेख गर्नु हुँदै अध्यक्ष शेर्पाले यो फैसलाले आफूप्रतिको कतिपय अन्यौलता समेत अन्त्य भएको झिकिर गर्नुभयो । राजनीतिमा प्रतिपक्षीहरुको भूमिका रचनात्मक हुनुपर्ने भएपनि नियोजित रुपमा अघि बढेकाले अदालतले त्यसलाई रोकेको अध्यक्ष शेर्पाको तर्क थियो । सत्य, न्याय र इमान्दारिताको पक्षमा आफू सदैव रहेको र यो फैसलापछि काम गर्न थप उर्जा मिलेको समेत अध्यक्ष शेर्पाको भनाइ थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top