ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट एक महिला घाईते भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ जाल्पा स्थित सिद्धिचरण लोक मार्गमा मिलनचोकबाट रमाईलोडांडा तर्फ जादैं गरेको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री घाइते भएको हो । (आज) सोमबार करिब छ बजेको समयमा ठक्करबाट जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ४ कि ४७ वर्षीय मेनुका गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी वालिष्टर सिंहले जानकारी दिनुभयो । टाउकोमा चोेट लागेको घाईते गुरुङलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा पठाएको सुचना अधिकारी सिंहले जानकारी दिनुभयो । घाईतेको तत्कालको अबस्था मध्यम बोल्न सक्ने रहेको जनाएको छ । मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको छ । मोटरसाईकल चालक सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिका ५ जुबु बस्ने बर्ष–३४ को मोहन कुमार बन रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section