ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको समन्वयमा हिमालायन हाइकर्स एक्सपिडिसन प्रा . लि काठमाडौंको सहआयोजनामा शिविर सञ्चालन हुन भएको हो । शिविरमा रोगको निःशुल्क परिक्षण र आवश्यकता अनुसार औषधि वितरण गर्ने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनु भएको छ । शिविर वडा नम्वर १ मा असोज ११ र १२ गते, वडा नम्वर ५ मा १४ र १५ गते, वडा नम्वर ६ मा १७ र १८ गते सञ्चालन हुने भएको छ । यस्तै वडा नम्वर ९ मा २० र २१ गते र वडा नम्वर ७ मा २५ र २६ गते सञ्चालन हुने जनाएको छ । शिविरमा दन्त परिक्षण र दाँत निकाल्ने सेवा समेत प्रदान गर्ने सूचनामा उल्लेख छ ।
८ आश्विन २०८०, सोमबार
6
Shares