ओखलढुंगा (रेडियो ओखलढुंगा)। खिजीदेम्बामा मानसिक स्वास्थ्य प्रवद्र्धन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । (आज) बुधबार गाउँपालिकाको वडा नम्वर ५ वडा कार्यलयमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि मानसिक स्वास्थ्य प्रवद्र्धन अभिमुखी करण कार्यक्रम गरिएको हो । अपाङ्गता समन्वय समितिका सदस्य,नागरिक समाजका सदस्य, र युवा क्लवका सदस्यहरुलाई मानसिक स्वास्थ्य समस्या हुनुको कारण , लक्षणहरु र रोकथामका उपायहरु सम्बन्धि अभिमुखिकरण गरेको ओखलढुंगा अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख अम्विका पुलामी मगरले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजना र ओखलढुंगा सामुदायिक अस्पताल मानसिक स्वास्थ्य परियोजनाको सहयोगमा सञ्चालन गरिएको हो । (भोलि) बिहीबार विद्यालयका शिक्षक र स्वयंमसेविकालाई लक्षित गरेर र शुक्रबार पालिकामा मानसिक स्वास्थ्य सम्बन्धि जनचेनतामुलक अभिमुखिकरण गर्ने जनाएको छ ।
१० आश्विन २०८०, बुधबार
34
Shares