१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ लन्डनमा सम्मानित




ओखलढुंगा (रेडियो ओखलढुंगा) । सुनकोशीका अध्यक्ष कमल तामाङ लन्डनमा सम्मानित हुनुभएको छ । जिल्लाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ “नेल्सन मन्डेला लिडरशिप अवार्ड २०२३” बाट सम्मानित हुनुभएको हो । भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ले गरेको सर्वेक्षणका आधारमा तामाङ नेपालबाट अवार्डका लागि छनोट भएको थियो । हिजो बुधबार ९कभउतझदभच द्दठ० लण्डनमा भएको ‘ग्लोबल पिस समिट’ मार्फत अध्यक्ष तामाङले अवार्ड ग्रहण गर्नु भएको हो । कोरोना महामारीको समयमा नेपालमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै अध्यक्ष तामाङलाई अवार्डबाट सम्मानित गरिएको हो । अध्यक्ष तामाङ नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंगाको उपसभापती समेत रहनु भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  २ : ३८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित