ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

सेर्ना स्वास्थ्य चौकीमा आँखा शिविरबाट १५५ जना सेवाग्राहीले लिए सेवा : ८ जना मोतिविन्दु शल्यक्रिया गनुपर्ने

  • प्रकाशित मिति: ११-आश्विन-२०८० ३:०६
  • रेडियो ओखलढुंगा
सेर्ना स्वास्थ्य चौकीमा आँखा शिविरबाट १५५ जना सेवाग्राहीले लिए सेवा : ८ जना मोतिविन्दु शल्यक्रिया गनुपर्ने

ओखलढुंगा (रेडियो ओखलढुंगा) । चिशंखुगढीं गाउँपालिकाको वडा नम्बर २ सेर्ना स्वास्थ्य चौकीमा आँखा शिविरबाट १५५ जना सेवाग्राहीले जनाले सेवा लिएका छन् । एकदिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनोट शिविर अन्तर्गत पाँचौ दिन (विहीबार) सेर्ना स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरमा १५५ सेवाग्राहीले सेवा लिएको हो । जसमा मोतिविन्दु शल्यक्रिया गर्नुपर्ने ८ जना रहेको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका प्रमुख टीका चाम्लिङ राइले जानकारी दिनुभयो ।
शिविर १४ गते सुनकोशी गाउँपालिका वडा नम्वर ७ र ८ कोट घर च्यानम र मानेभञ्ज्याङ गाउँपालिका वडा नम्वर १ मोली स्वास्थ्य चौकीमा सञ्चालन गर्ने भएको छ ।
त्यस्तै १७ गते मानेभञ्ज्याङ गाउँपालिका ३ उँवु स्वास्थ्य चौकीमा, १८ गते मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ मोती राज ग्रामीण आँखा केन्द्रमा, २१ गते मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुर स्वास्थ्य चौकी टोक्सेलमा, २३ गते सिद्धिचरण नगरपालिका २ ठुलाछाप स्वास्थ्य चौकी निसंखेमा र २४ गते जिल्ला सामुदायिक आँखा केन्द्रमा हुने जनाइएको छ । शिविरबाट छनोट भएका बिरामीहरुको असोज २६ र २७ गते दक्ष चिकित्शकहरु द्धारा स–शुल्क शल्यक्रिया हुने जनाएको छ । करिव एक महिना सञ्चालन गर्ने शिविर तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, ओखलढुंगा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाले आयोजना गरेको हो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top