ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

मोलुङ ८ मा ३ महिने मोवाईल मर्मत सम्बन्धि तालिम १५ गतेबाट सञ्चालन हुने

  • प्रकाशित मिति: १२-आश्विन-२०८० २:१३
  • रेडियो ओखलढुंगा
मोलुङ ८ मा ३ महिने मोवाईल मर्मत सम्बन्धि तालिम १५ गतेबाट सञ्चालन हुने


ओखलढुंगा (रेडियो ओखलढुंगा) । मोलुङ गाउँपालिका ८ मा ३ महिने मोवाईल मर्मत सम्बन्धि तालिम १५ गतेबाट सञ्चालन हुने भएको छ । आज (असोज १२) बाट सञ्चालन हुने भनिए पनि प्रशिक्षकको खानबासको व्यवस्थापनमा समय लाग्ने भएकाले औपचारिकरुपमा असोज १५ गते सोमबारबाट मात्रै तालिम सञ्चालन गर्ने वडा अध्यक्ष सुधिर राईले जानकारी दिनु भयो । मोवाईल मर्मत गर्न सदरमुकाम धाइ राख्नु पर्ने झन्झटलाई कम गर्न, वडा भित्र नै दक्ष जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन गर्न लागेका कार्यवाहक वडा अध्यक्ष गजेन्द्र राईले बताउनु भयो । तालिमको सहजकर्ता सिप विकास तालिम केन्द्र ओखलढुंगाका इलेक्ट्रोनिक (विद्युतिय) प्रशिक्षक खुराहरि अधिकारी रहेका छन् । तालिमको उद्घाटन हिजो ( बिहीबार) नै भएको थियो । हाल सम्म १७ जना प्रशिक्षार्थी रहेको जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top