ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगााका ८९ जना मोतिविन्दुका बिरामीहरुको स–शुल्क शल्यक्रिया भएको छ ।
जिल्लाको विभिन्न ठाउँमा शिविर सञ्चालन गरि शिविरबाट छनोट भएका मोतिविन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको हो । हिजो (बिहीबार) पहिलो दिन ५२ जना र आज (शुक्रवार) ३६ जना गरि ८९ जना मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरेको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका प्रमुख टीका चाम्लिङले जानकारी दिनुभयो ।
जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगामा तिलगंगा आँखा प्रतिष्ठानका दक्ष चिकित्सकहरुद्धारा स–शुल्क मोतिविन्दु शल्यक्रिया गरिएको हो । करिव १ महिना सम्म जिल्लाको ५ स्थानिय तहमा सञ्चालन भएको शिविर तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाले आयोजना गरेको हो ।
२६ आश्विन २०८०, शुक्रबार
16
Shares