३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

खिजीदेम्बामा विपद कोष खडा गर्न देउसी भैलो कार्यक्रमबाट एक लाख तेइस हजार रकम संकलन




ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बामा विपद कोष खडा गर्न देउसी भैलो कार्यक्रमबाट एक लाख तेइस हजार रकम संकलन गरेको छ ।
खिजीदेम्बा युवा क्लबले नेपालीहरुको दोस्रो महान चाड दिपावलीको अवसरमा देउसी भैलो खेलेर एक लाख तेइस हजार रुपैयाँ आर्थिक संकलन गरेको आयोजकले जनाएको छ । कार्तिक २७ र २८ गते खिजीदेम्बाको विभिन्न ठाउँमा खेलिएको देउसी भैलो कार्यक्रमबाट उत्त आर्थिक संकलन गरेको हो ।
खेलकुद, पर्यटन, शिक्षा,स्वास्थ्य भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको क्लबले देउसी भैलोबाट संकलित रकमले वडामा हुने प्राकृतिक विपद परेकालाई सहयोग गर्न कोष स्थापना गर्ने, सामाजिक कार्यका लागि सदुपयोग गर्ने क्लबका अध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिनुभयो ।
आधुनिकतासगैँ ओझेलमा परेका संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले खेलिएको क्लबका उपाध्यक्ष एंव देउसी भैलो कार्यक्रमका संयोजक सागर तामाङले बताउनुभयो । भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्ताण्तरण गर्न सकेमा मात्र पहिचान रहन सक्ने बताउँदै देउसी भैलो कार्यक्रम मार्फत नयाँ पुस्तालाई महत्वपूर्ण सन्देस प्रवाह गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएका संयोजक तामाङले बताउनुभयो ।
खिजीदेम्बा गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा खेलिएको देउसी भैलो कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको खिजीदेम्बा युवा क्लबका सहसचिव पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  २ : ३८ बजे