१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

जसपा केन्द्रीय अध्यक्ष यादव ओखलढुंगामा



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ओखलढुंगा आउनु भएको छ । प्रदेशस्तरीय पार्टी प्रशिक्षणको उद्घाटन गर्न अध्यक्ष यादवसहित जसपा केन्द्रीय नेताहरु ओखलढुंगा आइपुग्नु भएको हो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष यादवलाई जसपा जिल्ला तथा प्रदेश नेताहरुले सदरमुकामस्थित गोरुमारेभन्ज्यांगमा स्वागत गरे ।
अध्यक्ष यादवले त्यहाँ रहेको बलबहादुर राईको सालिकमा माल्यार्पण गर्नुभएको जसपा जिल्ला अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभयो ।
जसपा प्रदेश नम्बर १ ले मंसिर २ र ३ गते सदरमुकाम ओखलढुंगामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव समेतले प्रशिक्षण दिने कार्यतालिका रहेको जनाइएको छ ।
अध्यक्ष यादवसँगै पूर्वमन्त्री तथा पार्टी नेता रकम चेम्जोंग, सांसद लिला सिटौंला, पूर्व सांसद राजकुमार राई लगायतका केन्द्रीय नेताहरु जिल्ला आउनु भएको प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले जानकारी दिनुभयो । प्रशिक्षणमा प्रदेशको १४ वटै जिल्लाका प्रतिनिधि, भातृ तथा घटक संगठनबाट सहभागि रहने र अधिकांश जिल्ला आइपुगेको जनाइएको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ४५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित