ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा जनता समाजवादी पार्टी नेपालको जिल्ला समिति पुर्नगठन गरिएको छ । खेमराज खड्काको अध्यक्षमा ३१ सदस्यीय समिति पुर्नगठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा पासाङ निमा शेर्पा, उपसचिवमा निर्मल सुनुवार, चम्मर राई र कोषाध्यक्षमा सुइटी शाह र ५ जना कार्यकारी सदस्य संगै अन्य सदस्यहरु निर्वाचित भएको जसपा १ नम्बर प्रदेशका प्रदेश सदस्य धिरेन्द्र रुम्दालिले जानकारी दिनुभयो । नवगठित कार्यसमितिहरुलाई जसपा १ नम्बर प्रदेशका प्रदेश अध्यक्ष दिपक याक्खाको प्रमुख आतिथ्यतामा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहल हिजो ( आईतवार) आयोजित पार्टी रुपान्तरण कार्यक्रममा जसपा केन्द्रीय सदस्य नवराज गुरुङ, मधेश प्रदेश राष्ट्रिय समितिका अध्यक्ष तुल्शी राजवंशी र किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रशन्न कुमार राई, सचिव नरेश नेम्वाङ, १ नम्बर प्रदेश शेर्पालुङका संयोजक नुर्बु शेर्पा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेका थियो ।
३ मंसिर २०८०, आइतबार
78
Shares