३ असार २०८१, आइतबार | Sun Jun 16 2024

१२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित




ओखलढुंगा (रेडियो ओखलढुंगा) । १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित भएका छन् । आयकर दाखिलाको आधारमा उत्कृष्ट करदाताको रुपमा ओखलढुंगाकोे गोविन्द हार्डवेयर सप्लायर्स प्रा.लि र सोलुखुम्बुको सल्लेरी च्याल्सा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालकलाई कदर स्वरुप सम्मान पत्र प्रदान गरि सम्मान गरिएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा सबैभन्दा बढी आयकर दाखिलाको आधारमा उत्कृष्ट करदातालाई सम्मान गरेको कर कार्यलय ओखलढुंगाका कर अधिकृत धिरेन्द्र बस्नेतले जानकारी दिनुभयो । ओखलढुंगा उद्योग वाणिज्य संघका सदस्य समेत रहेका गोविन्द हार्डवेयर प्रा.लिका सञ्चालक राजेश श्रेष्ठ यस वर्ष सहित लगातार १० औं पटक जिल्लाकै सबै भन्दा बढी कर तिर्ने करदाता बनेको छ । यसैबिच दिवसकै अवसरमा कार्यालयका उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सचिनदेव भट्टराई सम्मानित भएको छ । लामो समय देखि उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा कदर स्वरुप नगद २ हजार सहिद सम्मान पत्र प्रदान गरि सम्मान गरिएको कर दाता सेवा कार्यलयले जनाएको छ । यस वर्षको दिवस विभिन्न कार्यक्रम गरि आज (बिहीबार) कर सप्ताहको समापन गरेको हो । कार्यलयले हरेक वर्ष दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ३३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित