ओखलढुंगा(रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका मा निःशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । गाउँपालिका भित्रका विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई गाउँपालिका र रेस्क्यु नेपालको साझेदारीमा निःशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । ४० बर्ष उमेर माथिका शिक्षक विद्यार्थी,कर्मचारीहरुलाई आवश्यकताको आधारमा चश्मा र औषधी वितरण गरिने सूचनामा उल्लेख छ । आँखा परिक्षण मंसिर १७ गते गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित शिवालय मा वि छेर्मादिङ र जनता आ वि दोराखर्कमा हुने छ । मंसिर १८ गते वडा नम्बर ६ मा अवस्थित चम्पादेवी आ वि महभिर र चम्पादेवी आ वि बन्सेमा हुने छ । १९ गते पिके आ वि भुसिङ्गा मा, २० गते हिमगंगा मा वि रावादोलु, २२ गते फुलमति मा वि खिजीफलाटेमा, २४ गते कुन्डली मा वि काती र जनज्योती मा वि निभारेमा हुने गाउँपालिकाले जनाएको छ । २५ गते चण्डेश्वरी मा वि माझगाउँमा, २६ गते चण्डेश्वरी मा वि पोल्थलीमा र २७ गते नर्बदेश्वर मा वि चप्लेटीमा हुने छ ।
१४ मंसिर २०८०, बिहिबार
102
Shares