१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

काँग्रेस सभापती देउवा मंगलबार ओखलढुंगा आउने




ओखलढुंगा (रेडियो ओखलढुंगा )नेपाली काँग्रेसका केन्द्रिय सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार ओखलढुंगा आउने भएका छन् । नेपाली काँग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन र विपि स्मृति भवन उद्घाटन गर्न सभापती देउवा ओखलढुंगा आउने भएका हुन ।
देउवा संगै पार्टीका केन्द्रिय नेता शेखर कोईराला, महामन्त्री गगन थापा, प्रदेश मुख्य मन्त्री केदार कार्की, केन्द्रिय सदस्यहरु रामहरी खतिवडा, प्रदिप कुमार सुनुवार लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरु सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुने ओखलढुंगा काँग्रेस पार्टीका सभापती तेजेन्द्र खनालले बताउनुभयो ।
२० गते सम्म सञ्चालन हुने सम्मेलनमा पार्टीको संगठानिक, राजनैतिक, प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनुका साथै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने जनाएको छ । सदरमुकाममा आयोजना गरिएको सम्मेलनमा विभिन्न स्थानिय तहहरुबाट १३औं महाधिवेशनका क्षेत्रिय प्रतिनिधीहरु लगायत नेता कार्यकर्ताहरुको सहभागि हुनेछन् । पार्टी कार्यालय उद्घाटन पश्चात विहान ११ बजे जिल्ला समन्वय समिति कार्यालयको प्राङ्गणमा प्रथम जिल्ला सम्मेलनको उद्घाटन हुने सभापती खनालले जानकारी दिनुभयो।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १ : ५९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित