१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

खिजीदेम्बामा पाठेघर खस्ने समस्या भएकालाई निःशुल्क प्रजनन स्वास्थ्य शिविर




ओखलढुंगा(रेडियो ओखलढुंगा)। खिजीदेम्बामा प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा २ दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको हो । गाउँपालिका र रेस्क्यु नेपालको साझेदारीमा १८ वर्ष माथिका उमेर समूहका महिलाहरुलाई लक्षित गरि शिविर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । शिविरमा पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई आवश्यकताको आधारमा रिङ प्रेसरी लगाइने गाउँपालिकाले जनाएको छ । पाठेघरको मुखको क्यान्सर खष्ब विधि मार्फत छनौट परीक्षण गर्ने र परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यस्तै तल्लो पेट दुख्ने समस्याको उपचार र परामर्श सेवा प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । शिविर स्वास्थ्य चौकी रावादोलुमा यही मंसिर २८ गते र सामुदायिक स्वास्थ्य इकाई नक्कलीचौरमा २९ गते संचालन हुने छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : २० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित