२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

खिजीदेम्बाका शिक्षकहरुलाई आँखा उपचार सम्बन्धी तालिम



ओखलढुंगा (रेडियो ओखलढुंगा )खिजीदेम्बामा शिक्षकहरुलाई आँखा उपचार सम्बन्धी तालिम प्रदान गरेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका भित्रको ३५ ओटा विद्यालयको शिक्षकहरुलाई आँखा उपचार सम्बन्धी १ दिने तालिम प्रदान गरिएको हो ।
जिल्ला समुदायिक आँखा केन्द्र ओखलढुंगाको आयोजना तथा तिल गंगा आँखा केन्द्र प्रतिष्ठानको आर्थिक सहयोग र खिजीदेम्बा गाउँपालिकाको सहकार्यमा विद्यायलको शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।
बालबालिकाहरुले बढी जसो समय विद्यायलमा विताउने भएको हदाँ बालबालिकामा हुन सक्ने विभिन्न आँखा सम्बन्धी रोगबाट बच्नका साथै ग्रामिन क्षेत्रमा आँखाको उपचारबाट बालबालिकाहरु बन्चित हुन नपरोस भन्ने उदेश्ले तालिम प्रदान गरिएको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका प्रमुख टिका राईले बताउनुभयो ।
आइतबार वडा नं –५ खिजीफलाटे स्थित स्वाथ्य चौकीमा खिजीदेम्बाका सबै विद्यालयका शिक्षकहरुलाई आँखा उपचार सम्बन्धी तालिम प्रदान गरिएको आँखा केन्द्रका प्रमुख टिका राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ०१ बजे