ओखलढुंगा (रेडियो ओखलढुंगा । भित्तेका स्थानिय खानेपानीको समस्याबाट मुक्त भएका छन् । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ६ मा अबस्थित भित्ते गाउँमा युवा समाजसेवि एवंम सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा खानेपानी पुगे संगै स्थानियहरु खानेपानीको समस्याबाट मुक्त भएका हुन् । २०७२ सालको भुकम्प पछि यस गाउँमा पानीको समस्या रहेको थियो । भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा संचालित ICE Himalayas संस्थाको आर्थिक सहयोगमा र र खिजीदेम्बा गाउँपालिकाको सहकार्यमा सोलार लिफ्टिङ्ग प्रविधि द्वारा गाउँ भन्दा १९० मिटर तल मुहानदेखि गाउँभन्दा १०० मिटर माथि पु¥याई भित्ते गाउँको विगत लामो समय देखिको खानेपानीको समस्या समधान भएको अगुवाई शेर्पाका भाई छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
खानेपानी योजना सफल पार्न विभिन्न व्यक्तिहरुको आर्थिक सहयोग रहेको थियो । उक्त खानेपानी योजनाको (आज) आईतबार विधिवत रुपमा लामा गुरु द्वारा पुजा गरि गाउँपालिकाको अध्यक्ष गम्बु शेर्पा को प्रमुख आतिथ्यतामा उद्धघाटन तथा वितरण गरिएको छ । कुल ५० लाख लागतमा खानेपानी योजना सम्पन्न भएको हो । भित्ते गाउँका ३० घरधुरी लाभान्वित भएका छन् ।
१ पुस २०८०, आइतबार
184
Shares