ओखलढुंगा(रेडियो ओखलढुंगा) । मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आज २ खेल हुने भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आज २ ओटा खेल हुने भएको हो । पहिलो खेल जिल्लाको सिद्धिचरण नगरपालिका र उदयपुरको कटारी नगरपालिका बिच हुने आयोजकले जनाएको छ । खेल मध्यान्ह १२ बजे देखि सुरु हुने छ । यस्तै दोस्रो खेल खोटाङको हलेसी तुवाचुङ नगरपालिका र सोलुखुम्बुको सोलुदुधकुन्ड नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो खेल दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
आगामी २७ गते सम्म गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा सञ्चालन हुने खेलको हिजो( मंगलबार) संघिय खेलकुदमन्त्रि डिक बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । हिजो भएको उद्घाटन खेलमा मानेभञ्ज्याङ गाउँपालिका र सुनकोशी गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । खेलमा सुनकोशी गाउँपालिका पराजित भएको छ । मानेभञ्ज्याङले सुनकोशीलाई ३–० गोलले हराएको हो । सुनकोशी खेलबाट बाहिरिएको छ । प्रतियोगितामा ९ जिल्लाबाट १८ टिम सहभागी रहेका छन । ओखलढुंगाका ६ वटा स्थानीय तहका टिम सहभागि रहेको संयोजक राजकुमार रुम्दालीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई नगद पाँच लाखको साथमा साढे २ तोला सुन र २ सय तोला चाँदीबाट निर्मित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । उपविजेतालाई नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । यस्तै खेलको सेमीफाईनलिस्ट दुई टिमलाई एक र एक लाख रुपैयाँ प्रदान गरिने संयोजक रुम्दालीले बताएको छ । खेलको उत्कृष्ट खेलाडीलाई पाँच हजार, प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
१८ पुस २०८०, बुधबार
98
Shares