८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा सिद्धिचरणले हरायो कटारीलाई




ओखलढुंगा(रेडियो ओखलढुंगा)। मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आज(बुधबार) भएको खेलमा सिद्धिचरणले कटारीलाई हराएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा आज भएको खेलमा जिल्लाको सिद्धिचरण नगरपालिका र उदयपुरको कटारी नगरपालिका बिच भएको खेलमा कटारीलाई १–० गोलले हराएको हो । प्रतियोगितामा भोलि २ खेल हुने भएको छ । पहिलो खेल ओखलढुंगाको लिखु गाउँपालिका र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका बिच हुने भएको छ । खेल मध्यान्ह १२ बजे देखि सुरु हुने छ । यस्तै दोस्रो खेल ओखलढुंगाको मोलुङ गाउँपालिका र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिका बिच हुने भएको छ । दोस्रो खेल दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा आगामी २७ गते सम्म सञ्चालन हुने आयोेजकले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : २४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित