१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

चौथो मोली खुल्ला पालिका स्तरीय पुरुष भलिबलको उपाधि चम्पादेवीलाई




ओखलढुंगा(रेडियो ओखलढुंगा)।चौथो मोली खुल्ला पालिका स्तरीय पुरुष भलिबलको उपाधि चम्पादेवीले हात पारेको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले सोलुखुम्बुको नेचा सल्यान गाँउपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजेता चम्पादेवीले नगद रु १ लाख ११ हजार १११ का सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नेचा सल्यानले नगद रु ६६ हजार ६६६ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा सिद्धिचरण नगरपालिकाले मानेभञ्ज्याङ गाउँपालिकालाई पराजित गरेको छ । यो संगै सिद्धिचरण नगरपालिका प्रतियोगिताको तेस्रो बनेको छ । नगरले नगद ३३ हजार ३३३ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा चम्पादेवी गाउँपालिकाका खेलाडीहरु समिप श्रेष्ठ बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट, ससित मगर बेष्ट स्पाइकर, शिवराम मगर बेष्ट डिफेन्डर,सविन श्रेष्ठ बेष्ट ब्लकर, घोषित हुदै नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै बेष्ट सेटरको उपाधीे नेचा सल्यानका अर्जुन राईले हात पारेको छ । उनले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् गरेका छन् । प्रतियोगिताका विजेता खेलाडीहरूलाई संघीय राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । खेल गत आईतबार देखि सञ्चालन भई आज (बुधबार) सम्पन्न भएको हो । प्रतियोगितामा ८ स्थानीय तह सहभागि रहेका थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ५४ बजे