२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मानेभञ्ज्याङ अध्यक्ष कपः लिखुले नेचालाई ५–१ले हरायो, मोलुङ र थुलुङ बिच खेल हुदैं




ओखलढुंगा(रेडियो ओखलढुंगा)। मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आज(बिहीबार) भएको पहिलो खेलमा ओखलढुंगाको लिखु गाउँपालिकाले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई हराएको छ । लिखुले नेचालाई ५–१ गोल अन्तरले हराएको हो । खेलको २ मिनेटमा नै लिखुका आकाश पौडेलले गोल गरे । यस्तै खेलको ३३ मिनेटमा सुरज विष्टले गोल गरेका थिए । खेलको दोस्रो हाल्फमा पेनाल्टी पाएको थियो जसमा लिखुले गोेल गर्न सफल भए । यस्तै २२ औं मिनेटमा लिखुका खेलाडीले पौडेल पुनः गोल गरेर खेलमा अग्रता लिए । खेलको ३६ औं मिनेट लिखुका पौडेलले नै गोल गरे । नेचाले भने खेलमा थप गरिएको समयमा पेनाल्टीमा टिम क्याप्टेन थिर राज राईले गोल गर्न सफल भए । पहिलो खेल मध्यान्ह १२ बजे देखि सुरु भएको थियो । दोस्रो खेल पनि सुरु भईसकेको छ । दोस्रो खेलमा ओखलढुंगाको मोलुङ गाउँपालिका र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका बिच प्रतिस्पर्धा भईरहेको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा आगामी २७ गते सम्म सञ्चालन हुने आयोेजकले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ५५ बजे