ओखलढुंगा(रेडियो ओखलढुंगा) । मोलुङले थुलुङ दुधकोशी गाउँपालिकालाई हराएको छ । मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आज(बिहीबार) भएको दोस्रो खेलमा ओखलढुंगाको मोलुङ गाउँपालिका र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका बिच भएको खेलमा मोलुङले दुधकोशीलाई ३–०गोलले हराएको हो । खेलमा उत्कृष्ट खेलाडी मोलुङका टिम क्याप्टेन मिलन परियार घोषित भएको छ ।

उनले नगद ५ हजार प्राप्त गरेका छन् । यस्तै आज नै भएको पहिलो खेलमा ओखलढुंगाको लिखु गाउँपालिकाले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई हराएको छ लिखुले नेचालाई ५–१ गोल अन्तरले हराएको हो । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा आगामी २७ गते सम्म सञ्चालन हुने आयोेजकले जनाएको छ ।