१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

मानेभञ्ज्याङ अध्यक्ष कपः भोलि मानेभञ्ज्याङ र हलेसी तुवाचुङ बिच क्वाटर फाईनल खेल हुँदै




ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु भोलि देखि नै सञ्चालन हुने भएको छ । पहिलो क्वाटर फाईनल खेलमा शनिवार जिल्लाको आयोजक टिम मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिका बिच पहिलो क्वाटरफाइनल खेल सञ्चालन हुने भएको हो । गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा आज तेह्रथुमको लाली गुराँस नगरपालिकाले भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकालाई हराएको छ । लाली गुराँसले ट्याम्के मैयुङलाई ४–२ गोलले हराएको हो । खेलमा खेलको ११ औं मिनेटमा नै ट्याक्के मैयुङका गोलकिपर जेशीज शेर्पाले रेड कार्ड पाएर खेलबाट बाहिरिएको थियो । गोलकिपर शेर्पाले रेडकार्ड पाएसंगै ट्याम्के मैयुङका १० खेलाडीले मात्रै खेल खेलेको थियो । सुरुवातमा मैयुङका खेलाडी अविशेक राईको गोलमा अग्रता लिएको थियो । तर पहिलो हाल्फको थपिएको समयको दुई मिनेटमा लाली गुराँसका महादेव तामाङ र सन्जिब लिम्बुले १र १ गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएको थियो । दोस्रो हाल्फमा टेम्के मैयुङका लागि युवराज थापाले गोल गर्दै २–२ को बराबरी गरे पनि लाली गुराँसका खेलाडी गणेश लिम्बु र सन्जिव लिम्बुले थप गोल गरि ४–२ गोल बनाएसंगै मैयुङ खेलमा पराजित भएको छ । प्रि क्वाटर खेलमा पराजित भएसंगै भोजपुरको ट्याम्के मैयुङ खेलबाट बाहिरिएको छ भने लाली गुराँस नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा लाली गुराँस नगरपालिकाका सञ्जीव लिम्बु म्यान अफ दी म्याच घोषित भएको छ । उनले खेलमा दुई गोल गरेको थियो ।

लिम्बुले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् । आज पहिलो खेलमा धरान उपमहानगरपालिका र ईलामको माङ्सेबुङ गाउँपालिका बिच खेल हुुने भनिएकोमा धरानका उपमहानगरपालिकाका खेलाडी खेलमा सहभागी नभएपछि माङ्सेबुङ गाउँपालिका वाकओभरका आधारमा क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  २ : १६ बजे