ओखलढुंगा (रेडियो ओखलढुंगा)। मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटरफाइनल खेलमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले खोटाङको हलेसी तुवाचुङ नगरपालिलाई हराएको छ । आयोजक टिम मानेभञ्ज्याङले हलेसी तुवाचुङलाई ४–० गोलले हराएको हो । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा आज(शनिवार) भएको खेलमा जित संगै मानेभन्ज्याङ सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमा मानेभञ्ज्याङका खेलाडी मनकृष्ण राई र अंकित राईले १ र १ गोल गरेर समूहलाई अग्रता दिलाएको थियो । खेलको दोस्रो हाल्फमा मानेभञ्ज्याङ कै खेलाडी अर्विन मगर र क्षितिज राईले टिमका लागि थप १ र १ गोल गरेर ४–० गोल बनाएको हो । गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा आज भएको खेलमा मानेभन्ज्याङकै खेलाडी सजिन राई म्यान अफ दी म्याच घोषित भएको छ ।

राईले नगद रु ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।