८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मानेभञ्ज्याङ अध्यक्ष कपः लिखुलाई २–१ गोलले पराजित गर्दै सिद्धिचरण सेमीफाइलनमा प्रवेश




ओखलढुंगा(रेडियो ओखलढुंगा) । मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा सिद्धिचरण नगरपालिकाले लिखुलाई पराजित गरेको छ । आज (सोमबार) भएको प्रि क्वाटर खेलमा जिल्लाको लिखु गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै सिद्धिचरण सेमीफाइलनमा प्रवेश गरेको हो । खेलको २९ औं मिनेटमा नगरका खेलाडी समिर श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको दोस्रो हाल्फको ३६ मिनेटमा नगरका खेलाडी आयुष राईले गोल १ गोल थप गरेर २ गोल बनाएको हो । खेलमा लिखुका निकेत बस्नेतले खेलको दोस्रो हाल्फको ५ औं मिनेटमा टिमका लागि गरेका थिए । गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा आज भएको आज भएको खेलमा सिद्धिचरणका खेलाडी समिर श्रेष्ठ म्यान अफ दि म्याच घोषित हुँदैं नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा भोलि(मंगलबार) जिल्लाको मोलुङ गाउँपालिका र तेह्रथुमको लालीगँरास नगरपालिका बिच क्वाटर फाइनल खेल हुने भएको छ । खेल मध्यान्ह १२ बजे देखि सुरुहुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ३३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित