ओखलढुंगा(रेडियो ओखलढुंगा) ।ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा आज जिल्लाको मोलुङ गाउँपालिका र तेह्रथुमको लालीगँरास नगरपालिका बिच क्वाटर फाइनल खेल हुने भएको छ । खेल मध्यान्ह १२ बजे देखि गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
(हिजो)सोमबार भएको प्रि क्वाटर खेलमा जिल्लाको लिखु गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै सिद्धिचरणनगरपालिका सेमीफाइलनमा प्रवेश गरेको छ । खेलको २९ औं मिनेटमा नगरका समिर श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको दोस्रो हाल्फको ३६ मिनेटमा नगरका खेलाडी आयुष राईले गोल गरेका थिए । खेलमा लिखुका निकेत बस्नेतले खेलको दोस्रो हाल्फको ५ औं मिनेटमा टिमका लागि गरेका थियो ।
२४ पुस २०८०, मंगलबार
38
Shares