८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मानेभञ्ज्याङ अध्यक्ष कपः भोलि सेमिफाइनल खेल मानेभन्ज्याङ र लालीगुँरासबिच हुने




ओखलढुंगा(रेडियो ओखलढुंगा) । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरिएको प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा भोलि(बुधबार) आयोजक मानेभन्ज्याङ गाउँपालिका र तेह्रथुमको लालीगुँरास नगरपालिका बिच सेमिफाइनल खेल हुने भएको छ । खेल मध्यान्ह १२ बजे देखि सुरुहुने आयोजकले जनाएको छ । बुधबार दोस्रो खेलमा जिल्लाको सिद्धिचरण नगरपालिका र इलामको माङसेबुङ गाउँपालिका बिच सेमीफाइनल खेल हुने भएको छ । दोस्रो खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । अध्यक्ष कपमा आज(मंगलबार) भएको खेलमा तेह्रथुमको लालीगुँरास नगरपालिका र इलामको माङसेबुङ गाउँपालिका सेमीफाइलनमा प्रवेश गरेको छ । मंगलबार मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर ३ ब्ओकुला खेलमैदान उबुँमा भएको पहिलो क्वाटर फाइनल खेलमा लालीगुँरास नगरपालिका र ओखलढुंगाको मोलुङ गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा लालीगुँरास नगरपालिकाले ४–० गोलले मोलुङ गाउँपालिकालाई पराजितगर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो खेल ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिका बिच भएको थियो । जसमा इलामको माङसेबुङले खिजीदेम्बालाई ६–१ गोलले हराएसंगै माङसेबुङ सेमीफाइनल प्रवेश गरेको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : १९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित