ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको मोलुङ गाउँपालिकाले सिजनल भिजामा कामदार कोरिया पठाउने भएको छ । गाउँपालिका भित्रका विदेशीन चाहने बेरोजगार व्यक्तिहरुलाई रोजगारीका लागि पालिकाले समन्वय गरेर सिजनल भिजामा कोरिया पठाउने भएको हो । प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र गाउँपालिका अध्यक्ष उत्तम राईले हस्ताक्षर गर्नुभयो । ५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
२९ पुस २०८०, आइतबार
84
Shares