१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

खिजीदेम्बामा संयुक्त लोसार कार्यक्रम हुने




ओखलढुंगा (रेडियो ओखलढुंगा ) २८६० औं (डुक ल्हो) सोनाम लोसार तथा २१५१ औं स्यिङ फो डुक लोक ग्याल्पो लोसारको अवसरमा खिजीदेम्बा गाउँपालिका–५खिजीफलाटेमा लोसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल शेर्पा संघ खिजीदेम्बा र ताम्बा संघ ओखलढुंगा सांगेता गुठी फ्याफुल्बा खिजीफलाटेको संयुक्त आयोजनामा लोसारको अवसरमा शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम हुन लागेको हो ।
यहि फागुन २ गते बुधबार खिजीफलाटे बजारमा संयुक्त लोसार कार्यक्रम आयोजन हुने र कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा डिजे सेसन हुने शेर्पा संघ खिजीदेम्बाका अध्यक्ष कुसाङ शेर्पाले जानकारी दिनु भयो ।
यस्तो संयुक्त कार्यक्रमले बहुसाँस्कृतिकताको सम्मान र साँस्कृतिक सहिष्णुता पनि कायम रहने भएकोले विभिन्न जातजातीका भेषभुषा सहितको झाँकी प्रर्दशन समेत हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।
तामाङ्ग, र शेर्पा जातीका विविध प्रर्दशनी, साँस्कृतिक नृत्य लगाायत रोचक कार्यक्रम हुने भएकोले कार्यक्रममा उपस्थित हुन शेर्पा संघ र ताम्बा संघले गाउँपालिकाबासिलाई उपस्थित हुन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ३६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित