ओखलढुंगा (रेडियो ओखलढुंगा )चम्पादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गोल्मादेवी माविले जितेको छ ।प्रतियोगितामा ३० स्वर्ण, ५ रजत र १ कास्यसहित कुल ३६ पदकका साथ गोल्मादेवी माविले उपाधि जितेको हो । यस्तै १२ स्वर्ण, १ रजत, २९ कास्य सहित कूल ४२ पदकका साथ प्रतियोगितामा सुनकेशरी मावि दोस्रोे भएको छ । ४ स्वर्ण, २ रजत, १ कास्य सहित कूल ७ पदक सहित कल्पेश्वर मावि तेस्रो भएको चम्पादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख रामजी दाहालले बताउनुभयो ।
विजेता विद्यालयका खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा पालिकाका ९ वटा माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो ।
भलिबल, दौड, हाइजम्प, लङ जम्प लगायत विभिन्न विधामा प्रतियोगिता सञ्चालन भएका थिए । खेल माघ २५ देखी २८ गते सम्म सञ्चालन भएको थियो ।
२८ माघ २०८०, आइतबार
122
Shares