ओखलढुंगा (रेडियो ओखलढुंगा ) दुर्गा बक्स गण ओखलढुंगामा भुतपुर्व सैनिक सम्मेलन गरिएको छ । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ भूपु सैनिकहरुको सम्मानका लागी भूतपूर्व सैनिक सम्मेलन–२०८० गरिएको हो । सम्मेलनमा ओखलढुंगा ,सोलुखुम्बु र खोटाङका पाँच वटा स्थानिय तहका करिब ७५० जना भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन गरिएको दुर्गा बक्स गणका गणपति प्रेम बहादुर गिरीले जानकारी दिनुभयो ।
सम्मेलनमा जेष्ठ भूपु सैनिकहरुको स्वाथ्य जाँच, औषधी वितरण भूपु सैनिकहरुको सम्मान गरिएको छ । त्यस्तै सम्मेलनमा सिद्धिचरण नगरपालिका वडा नं २ ठुलाछापका अवकास प्राप्त अशक्त भिम बहादुर कटवाललाई ह्लि चियर प्रदान गरिएको गणपति गिरीले बतानुभयो । नेपाली सेनाको व्यवस्थापन र नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना भएको सम्मेलनमा नेपाली सेनामा रहेर देश र जनताको लागि अहोरात्र खटि निवृत भएका तिन जिल्लाका ८ सय जना भुतपुर्व सैनिकहरुको सहभागतिामा दुर्गा बक्स गण उप–केन्द्र ओखलढुंगामा सम्मेलन भएको गणपति गिरीको भनाई छ । नेपाली सेना कल्याणकारी कोषको आयोजना रहेको कार्यक्रमको उद्धेश्य अवकास पछिको सैनिकहरुको जिवनमा थप उर्जा ल्याउन र एक आपसमा भेटघाट र अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको १८ नम्बर गाईघाटका सहायक बाहिनीपति महासेनानी प्रेम हमालले बताउनुभयो । सेनाको संगठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पुर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने छ ।
४ फाल्गुन २०८०, शुक्रबार
246
Shares