२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

रोमानियामा ग्याल्पो लोसार कार्यक्रमको तयारी तीब्र



ओखलढुंगा, हिमाली बौद्ध धर्मावलम्बी हरुको महान राष्ट्रिय पर्व लोसार बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। स्यिङ फो डुग लो २१५१औं ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुग रोमानियाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
किदुगले कार्यक्रमलाई व्यापक बनाउन भिडियो प्रोमो, पोस्टर सार्वजनिक गरेको छ ।
लोसारको शुभकामना आदान प्रदानका साथमा शेर्पा समुदायको भाषा, कला, संस्कृतिलाई प्रवासमा समेत व्यापक बनाई विश्वभर चिनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ । ग्याल्बो लोसारको महत्त्व, यसको विशेषता र रोजगारीको क्रममा प्रवासमा रहेका शेर्पाहरुवीच आपसी भातृत्व, चिनजान गराउने कार्यक्रमको मुख्य उद्देश रहेको अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाले बताए ।
यस्तै युरोपियन मुलुक रोमानियामा बसोबास गरिरहेका सबै शेर्पाहरुलाई सङ्गठित गर्न विभिन्न कारणरुबाट समस्यमा परेकाहरु लाई मानवीय रुपमा उचित सहयोग गर्न रोमानियामा रहेको सबै शेर्पाहरुको सांझ संस्थाको रुपमा २०१६ डिसेम्बर ४ तारिख एक बिशेश भेलाले शेर्पा किदुग स्थापना गरेको हो रोमानिया पनि बौद्ध धर्मलम्बी नेपालीहरुको राष्ट्रिय महान चाड लोसार पर्व बार्षिक रुपमा मनाउदै आइरहेको बताएको छ पछिल्लो समयमा रोमानियामा शेर्पाहरुको संख्यामा धेरै वृद्धि भएको देखिन्छ जति पनि शेर्पाहरु जो विभिन्न कामको सिलसिलामा रोमानिया रहदा शेर्पा किदुग रोमानियामा आवद्ध हुने गरेको छन् त्यसैगरी शेर्पा किदुग रोमानिया समाजिक क्षेत्रमा विभिन्न कार्यहरूमा पनि अग्रसर रहदै आएको छ । सम्पुर्ण रोमानियाबासी शेर्पा तथा गैर शेर्पा दाजु–भाई तथा दिदिबहिनीहरूलाई ग्याल्पो लोसार कार्यक्रममा सहभागी हुनका लागि लोसारप्रेमी हरुलाई शेर्पा किदुग रोमानियाले हार्दिक आमन्त्रण गरेको छ।
कार्यक्रमलाई सहभागी भई सफल बनाइ दिन समेत अध्यक्ष शेर्पाले आह्वान गर्नु भएको छ।
१० मार्चमा रेस्टुरेन्ट एस्ट , सेक्टर – २ बुकारेस्ट रोमानियाका हुने कार्यक्रम कोस्तान जोरजेन मेट्रो स्टेसन बाट करिब ५ मिनेट को पैदल यात्रामा पुग्न सकिन्छ । कार्यक्रम बिहान ११ बजेब ट सुरु भएर साँझ ६ बजे सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : ४४ बजे