ओखलढुंगा (रेडियो ओखलढुंगा )पसी शेर्पा ट्रष्टद्वारा प्रत्येक वर्षको फागुन ११ गते आयोजना गर्ने महिला तथा पुरुष भलिबल रनिङशिल्ड प्रतियोगिता यस् वर्ष नहुने भएको छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयको अनुदानबाट पसी शेर्पा स्मृति खेलमैदान खिजिदेम्बा गाउँपालिका वडा नं. ६ हातेमा निर्माण भईरहेको कारण खेल हुन नसक्ने पसी शेर्पा ट्रष्ट नेपालद्वारा सम्पूर्ण सुचना जारी गरेको छ ।अर्को वर्ष नियमित तालिका अनुसार खेलकुद प्रतियोगिता हुने अध्यक्ष लाक्पा गेल्जे शेर्पा जानकारी दिनु भयो
खेलकूद, शिक्षा तथा पर्यटन क्षेत्रलाई समेटेर खिजीदेम्बा गाउँपालिकालाई विशेष केन्द्रमा राखेर परोपकार तथा सामाजिम गतिविधिहरु सञ्चालन गर्न पसी शेर्पा स्मृति प्रतिष्ठान स्थापना भएको थियोे
प्रतिष्ठानले विविध सामाजिक कार्यहरुका साथमा राष्ट्र निर्माणमा योगदान दिने उद्देश्य लिइएको जनाएको छ । बार्षिक रुपमा खेलकूद मार्फत पर्यटन प्रबद्र्धन तथा समृद्धको क्षेत्रमा संस्थाले कार्य योजना बनाएर अघि बढ्ने अध्यक्ष शेर्पाले जानकारी दिए ।
खिजीदेम्बा गाउँपालिका विकासको अग्रणी भूमिका खेलेका अध्यक्ष गम्बु शेर्पाले यस अघि शैक्षिक, सामाजिक तथा समुदायमा गरेका कार्यहरुलाई संस्थागत गर्दै त्यसलाई निरन्तर अझ व्यापक र व्यवस्थित बनाउन प्रतिष्ठान स्थापना गरेको जनाएको छ ।
सामाजिक सेवा र कलाको क्षेत्रमा ख्याती कमाए जेठा छोरा गम्बु यतिवेला खिजीदेम्बा गाउँपालिका नेतृत्व गरिरहेको छन् ।
आफ्नो आमाको सम्झना र महिलाहरुको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्न प्रतिष्ठानमार्फत सधैं अघि बढ्ने निर्णय गरेको उनले बताए ।
स्व. पसी शेर्पा साविक खिजीफलाटेको भन्सेमा जन्मेकी सामान्य परिवारकी सदस्य हुन् । उनको ३३ बर्ष अघि निधन भयो । शेर्पाको विवाह खिजीफलाटे ६ को फेदी गाउँमा भएको हो । शेर्पाको ३ छोराहरु जेठा गम्बु, माइला कुसाङ र कान्छा पासाङ शेर्पा छन् ।
त्यस्तै, एक बहिनी छोरी डा. ङिमा शेर्पा छिन् ।
५ फाल्गुन २०८०, शनिबार
144
Shares