८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

कार्य सम्पादनमा मोलुङ गाउँपालिका सबै भन्दा उत्कृष्ट




ओखलढुंगा (रेडियो ओखलढुंगा ) स्थानिय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा ) मा ओखलढुंगाको मोलुङ गाउँपालिका उत्कृष्ट भएको छ । आठ स्थानिय तह रहेको यस जिल्लामा सबै भन्दा बढी अंक ल्याएर मोलुङ गाउँपालिका प्रथम भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार मोलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमुल्याकनमा १०० पुर्णाकमा ८७.७५% अकं पाएको हो । संघीय सरकारले आउँदो आर्थिक बर्षको बजेट निमार्णमा स्थानिय तहलाई विनियोजन गर्ने ससर्त र निसर्त अनुदान बाँडफाँड गर्ने हरेक बर्ष स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकन गदै आएको छ । मञ्त्रालयले स्थानिय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्ने , विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन , आवधिक समिक्षाका लागी आधार प्राप्त गर्न स्वामुल्यांकन गराउँदै आएको छ ।
संस्थागत क्षमता स्वमुल्यांकनमा जिल्लाको लिखु गाउँपालिका सबैभन्दा कमजोर देखीएको छ । लिखुले १०० पुर्णाकमा ६३.७५% अंक पाएको छ । यस्तै जिल्लाका अन्य स्थानिय तहरुमा सिद्धिचरण नगरपालिकाले ८२.२५% अंक प्राप्त अंक ,सुनकोशी गाउँपालिकाले ७९ प्रतिशत अंक , चिसंखुगढी गाउँपालिकाले ७५.२७ अंक चम्पादेवी गाउँपालिकाले वर्ष ७४.७५% अंक खिजीदेम्बा गाउँपालिकाले ७२.५% अंक , यसैगरि मानेभन्ज्याङ गाउँपालिकाले ६५.२५ अकं प्राप्त गरेका छन । स्थानिय तह संस्थागत क्षमता स्वामुल्यांकन कार्यविधि २०७७ ले स्थानिय तहको संस्थागत क्षमता स्वामुल्यांकनका लागी विभिन्न बिषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्धमा , संङठन तथा प्रशासन ,बार्षिक बजेट तथा योजनामा व्यवस्थापन वितिय र आर्थिक व्यवस्थापन सेवा प्रवाह , सहकार्य र समन्वय , र न्यायिक कार्य सम्पादन , भौतिक पुर्वाधार , समाजिक समावेशीकरण र वातवरण संरक्षण तथा विपद व्यवस्थापन गरी १० शिर्षकमा स्थानिय तहको स्वमुल्यांकन हुने गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ५६ बजे