ओखलढुंगा (रेडियो ओखलढुंगा )थोलेदेम्बा शेर्पा किदुग ओखलढुंगा काठमाडौंले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा गोकर्णेश्वर नगरपालिका मेयर दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा
बौद्ध धर्मावम्बीहरुको महान चाड तथा नेपाली राष्ट्रिय पर्व
२१५१औँ स्यिङ फो डुग लो ग्याल्पो लोसारको पवन अवसरमा शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको थोलेदेम्बा शेर्पा किदुकका महासचिव शेरा–जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा समूदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उदेश्यले
थोलेदेम्बा किदुक २०७० सालमा स्थापना भएको हो । पेषा, व्यवसाय वा अध्ययनका लागि ओखलढुङ्गा जिल्लादेखि काठमाडौँमा बसोवास रहेका शेर्पा समुदायलाई एकतृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर यो संस्था स्थापना गरिएको संस्थाका महासचिव शेर्पाले बताउनुभयो ।
ख्यातिप्राप्त कलाकारहरु छोङ्बा शेर्पा ल्हामु शेर्पा लाक्पा एन शेर्पा सनतेन्जी शेर्पा डेन्डी शेर्पा लगायत स्थानीय कलाकारहरुको
बेजोड प्रस्तुति साथै शेर्पाको श्याब्रु नाच टुङ्ना शिलि नृत्य मौलिक झाकी प्रदर्शन प्रस्तुतिको साथमा डिजे ङवाङ शेर्पाको डिजेसेसन् समेत रहेको आयोजकले बताउनु भयो।