ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धिचरणले जितेको छ । प्रतियोगितामा २६ स्वर्ण, ११ रजत र १२ कास्य सहित कुल ४९ पदकका साथ सद्धिचरण नगरपालिकाले उपाधि जितेको हो । त्यस्तै १६ स्वर्ण पदक सहित मानेभञ्ज्याङ गाउँपकालिका द्धितिय भएको छ । मानेभञ्ज्याङले २१ रजत र १० कास्य सहित ४६ पदक हात पारेको छ । चम्पादेवि गाउँपालिकाले १० स्वर्ण, १ रजत सहित ११ पदकका साथ तेस्रो भएको छ । ९ स्वर्ण, १८ रजत र ८ कास्य सहित ३५ पदकका साथ सुनकोशी गाउँपालिका चौथो भएको छ । त्यस्तै खिजेदेम्बा गाउँपालिकाले ५ स्वर्ण, १ रजत, १७ कास्य सहित ३२ पदक जितेको छ । ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदक मोलुङले जितेको छ ।
त्यस्तै प्रतियोगितामा जिल्लाको चिसंखुगढी गाउँपालिकाले ३ स्वर्ण, ११ रजत र २ कास्य गरी १६ पदक हात पारेकोे छ । लिखु गाउँपालिकाले २ स्वर्ण, १० रजत, १४ कास्य गरी २७ पदक जितेको छ ।
प्रतियोगितामा हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबडी , रिले दौड र सटफुट, मार्शल आर्ट लगायतका खेलहरु भएको थियो । प्रतियोगिता फागुन ११ गते देखी १४ गते सम्म सिद्धिचरण नगरपालिका ४ रुम्जाटारको खेलमैदानमा सञ्चालन भएको थियोे ।
१४ फाल्गुन २०८०, सोमबार
228
Shares