ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा फागुन १९, गते भोली सञ्चालन हुने पाँचौ खिजीदेम्बा अल्ट्रा फुल म्याराथनको तयारी पुरा भएको छ । ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा भोली सञ्चालन हुने पाँचौ खिजीदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर दौड प्रतियोगीताको तयारी पूरा भएको हो ।
प्रतियोगीतामा राष्ट्रिय १९ जना स्थानीय ३२ गरी ५१ जना धावकहरुको सहभागीता रहेको छ । जसमध्ये महिला १९ र पुरुष ३२ जना रहेका छन् । उनीहरुलाई चेस्ट नम्बर वितरण भैसकेको ओखलढुंगका पर्यटन विकास समितिको कोष अध्यक्ष कुंगा शेर्पाले जानकारी दिनुभयो ।
खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेबाट सुरु हुने प्रतियोगीता चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगीता भोली विहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म सकिने लक्ष्य राखिएको कोष अध्यक्ष शेर्पाले बताउनुभयो ।
प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला, पुरुष दुवैतर्फ रु.७० हजार, ६० हजार, ५० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै स्थानीय धावकहरुको हकमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने महिला, पुरुष दुवैतर्फ धावकहरुलाई २० हजार, १५हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ
१८ फाल्गुन २०८०, शुक्रबार
458
Shares