ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । महिला समानता र जागरूकताका लागि विभिन्न संघ संस्थाको स्वमन्वय र सहकार्यमा सिद्धिचरण नगरपालिकाले फागुन २५ गते “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नाराका साथ भव्य रूपमा कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो । साथै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अन्य पालिकाहरुले पनि विविध कार्यक्रम गरि दिवस मनाउने भएको छ ।
नगरपालिकामा दिवसका दिन खाद्यन्न संस्थानको प्राङ्गणमा भेला भइ चेतना मुलक पम्प्लेट र ब्यानर प्रदर्शन गर्दै बजार परिक्रमा गरी जिल्ला स्वमन्वय समितिको हल सम्म ¥याली कार्यक्रम गरिने सिद्धिचरण नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङले बताउनुभयो ।
¥याली पश्चात स्वमन्वय समितिको हलमा नगरका बालबालिकाहरुका लागि वक्तृत्वकला प्रतियोगिता हुने प्रमुख तामाङले बताउनुभयो । वक्तृत्वकलाको शिर्षक तथा नारी दिवसको मुल नारा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” रहेको छ । यो दिवस मनाउन थालिएको शताब्दि पुगेको छ तर अहिले पनि विश्वभर नै महिलाले समानता र आफ्ना अधिकारका लागि आवाज उठाइरहनु परेको छ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, असमानपूर्ण व्यवहार अहिले पनि पूर्ण रुपमा रोकिएको छैन । अहिले पनि अधिकांश भूभागका महिलाहरुले अधिकारकै लागि आवाज उठाइरहनु परेको छ । त्यसैले दिवसका दिन संसारभरका महिलाहरु आफ्नो अधिकारका लागि आवाज उठाउ छन् । नेपालमा पनि महिलाका यस्तै आवाजहरुलाई बुलन्द पार्न दिवस मनाउने गरिएको छ।
समयको परिर्वतनसँगै महिला सशक्त हुँदै गएका त छन् तर उनीहरुमाथि हुने हिंसा भने रोकिएको छैन । पछिल्लो समयमा विद्युतीय अपराध बढ्दै गएको छ । त्यसको मारमा महिला धेरै पर्ने गरेका छन् । पारिवारिक रिसका कारण बलात्कारपछि हत्या गर्ने र प्रेममा बेमेल भए वा आफूले भनेजस्तो नभए एसिड आक्रमण गर्ने जस्ता जघन्य अपराधका घटनामा अझै कमी आउन सकेको छैन । तर त्यसका विरुद्ध लड्ने बल भने बढ्दै गएको छ । नेपालको संविधानको मौलिक हक अन्तर्गत महिलाको हकको व्यवस्था गरिएको छ। “प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुनेछ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ” भनी संविधानको मौलिक हकमै व्यवस्था गरिएको छ।
साथै, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनेर पनि संविधाले व्यवस्था गरेको छ। उक्त हकमा कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी व्यवस्था गरेको छ। तर भएका कानूनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा महिलाले अहिले पनि आफ्नो अधिकार, समानता र अन्यायका लागि आवाज उठाउनु पर्ने बाध्यता छ।
राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषय हुने गरेका छन् । यो दिवस सर्वप्रथम सन् १९०९ फेब्रुवरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२२ मा आइपुग्दा विश्वभर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। यो दिवस मार्च महिनाभर नै मनाउने गरिएको छ।
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला श्रमिकको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलालाई मताअधिकार दिनु थियो । महिलालाई मत दिने अधिकार कतिपय देशमा थिएन । यसरी महिला समानता र सशक्तिकरणका लागि यो दिवस विश्वभर नै मनाउँदै आइरहेको छ । यसरी विश्वव्यापी मनाउन थालिएको यो दिवसका कारण महिलाको सशक्तिकरणका क्षेत्रमा केही टेवा पुर्याए पनि महिलाले अझै आफ्नो अधिकार, न्याय र समानताका लागि भने आवाज बुलन्द गर्नुपर्ने नै देखिन्छ।
२० फाल्गुन २०८०, आइतबार
156
Shares