२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो




ओखलढुंगा (रेडियो ओखलढुंगा) । सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जितेको छ । राष्ट्रिय युवा संघ जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको प्रथम सोलुखुम्बु कोशी प्रदेश स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय युवा संघ ओखलढुंगाले जितेको हो । जित संगै युवा संघ ओखलढुंगाले नगद दुई लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितीय भएको एआइसी नेटले नगद एक लाख ५० हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वाइसिएल सोलुखुम्बु तृतीय भएको छ । वाइसिएल सोलुखुम्बुले नगद एक लाख, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सान्त्वना भएको माप्य दुधकोशी गाउँपालिकाले २५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । खेलमा राष्ट्रिय युवा संघ ओखलढुंगाका खेलाडी समीप श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएको छ । श्रेष्ठले नगद पाँच हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय युवा संघ ओखलढुंगाका खेलाडीहरु लोकेश श्रेष्ठ उत्कृष्ट ब्लकर, मनोज घिमिरे उत्कृष्ट सेटर, दिलिप राई उत्कृष्ट डिफेन्डर घोषित भएको छ । उनिहरुलाई नगद तीन हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता फागुन २३ बुधबार देखि हिजो शुक्रवार सम्पन्न भएको हो । ३ दिन सम्म सञ्चालन भएको प्रथम सोलुखुम्बु कोशी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा ओखलढुंगाको १ र सोलुखुम्बुको ७ टिम सहित जम्मा ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : ०९ बजे